वाग्मती प्रदेशका एउटा विधेयक प्रमाणीकरण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वाग्मती प्रदेशका एउटा विधेयक प्रमाणीकरण


१६ भाद्र २०७७, मंगलबार


मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गरेका छन् ।

उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

सो विधेयक गत साउन ६ गते वाग्मती प्रदेश सभाबाट पारित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस