३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशुलीमा एम्बुलेन्स खस्दा पाँच घाइते

अ+ अ-

काठमाडौं । बिरामी बोकेको एम्बुलेन्स त्रिशुलीमा खस्दा ५ जना घाइते भएका छन्। काठमाडौंबाट बिरामी बोकेर सर्लाहीतर्फ गइरहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना–३ पानीधारा भन्ने ठाउँमा अनियन्त्रित भइ त्रिशुलीमा खस्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब सवा पाँच बजे उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको अवस्था गम्भिर रहेको छ । एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल, बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर र ३४ वर्षका नरबहादुर मगर घाइते भएका छन् ।

घाइते दिलमाया रानामगर क्यान्सरकी बिरामी हुन् । उनको उपचारपछि घर फर्कंदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरु सबैलाई उपचारका लागि भरतपुर पठाएको मुग्लिन प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिन बजारबाट १४ किलोमिटर पर रहेको छ । एम्बुलेन्स सडकबाट खसेर नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस