थप २ सय १० जनामा कोरोना पुष्टि, १ सय ४६ जना डिस्चार्ज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप २ सय १० जनामा कोरोना पुष्टि, १ सय ४६ जना डिस्चार्ज


प्रशासन संवाददाता

१४ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुलसंख्या १४ हजार २१ पुगेको छ।

प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको बताए। यस्तै हालसम्म देशभर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस