अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त


प्रशासन संवाददाता

१२ श्रावण २०७७, सोमबार


लश्कर गाह । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् ।

सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ ।

घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् ।

हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस