इंग्लिस प्रिमियर लिग : गोल्डेन बुट जिते भार्डीले, गोल्डन ग्लोभ एडर्सनलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इंग्लिस प्रिमियर लिग : गोल्डेन बुट जिते भार्डीले, गोल्डन ग्लोभ एडर्सनलाई


१२ श्रावण २०७७, सोमबार


एजेन्सी । इंग्लिस प्रिमियर लिगमा जेमी भार्डीले गोल्डेन बुट जितेका छन् ।

यस सिजनको इपिएलमा २३ गोल गर्दै लेस्टर सिटीका स्ट्राइकर भार्डीले गोल्डेन बुट जितेका हुन् । भार्डी ३३ वर्षीका छन् । उनले आर्सनलका पियरे एमरिक ओबामेयाङ र साउथह्याम्प्टनका स्ट्राइकर ड्यानी इंग्सलाई एक गोलले पछाडि छाड्दै गोल्डेन बुट जिते ।

दुवैले यो सिजनमा २२–२२ गोल गरेका छन् । साथै भार्डी गोल्डेन बुट जित्ने नवौं खेलाडी पनि भएका छन्।

गत सिजन आर्सनलका पिएरे एमरिक ‌ओबामेयाङ तथा लिभरपुलका साडियो माने र मोहम्मद सलाहले २२–२२ गोल गर्दै संयुक्त रुपमा गोल्डेन बुट पाएका थिए।​ भार्डीले यस सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध भने गोल गर्न सकेनन्।

गएराति भएको म्यानचेस्टरसँग बराबरी मात्रै खेलेको भए पनि लेस्टर च्याम्पियन्स लिगमा छनोट हुन्थ्यो।

त्यस्तै यो सिजन म्यानचेस्टर सिटीका गोलरक्षक एडर्सनले गोल्डेन ग्लोभ अवार्ड जितेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस