कर्मचारीलाई कोरोना देखिएपछि यातायात र राजश्व कार्यालय सिल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई कोरोना देखिएपछि यातायात र राजश्व कार्यालय सिल


११ श्रावण २०७७, आइतबार


काठमाडौँ । बाँकेमा यातायात र राजश्व कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको छ।

आइतबार यातायात व्यवस्था कार्यालयकी २२ वर्षीया महिला कम्प्युटर अपरेटरलाई कोरोना भाइरस पुष्टि भएको र शनिवार आन्तरिक राजश्व कार्यालयका एक जना ३३ वर्षीय अधिकृतलाई कोरोना पुष्टि भएसँगै दुवै कार्यालय सिल गरिएको हो ।

यससँगै आइतबार नै सङ्क्रमितको सम्पर्कमा आएकामध्ये १ सय १५ जनाको स्वाब पिसिआर परीक्षणको लागि संकलन गरिएको र आन्तरिक राजश्व कार्यालयबाट ५४ जना र यातायात कार्यालयबाट ६१ जनाको स्वाब संकलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस