फेरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो - प्रशासन प्रशासन
prasaLogo
२६ असार २०७७, शुक्रबार

फेरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो


प्रकाशित मिति : 10 July, 2020 8:30 pm

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमले सूचना जारी गर्दै पेट्रोल प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रति लिटर १ रुपैयाँले बढाएको हो।

निगमले बढाएको मूल्यपछि अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ८८ रुपैयाँ पर्नेछ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ।

त्यस्तै खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस