आजदेखि संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आजदेखि संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस


१८ असार २०७७, बिहिबार


काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने एक मन्त्रीले बताए। मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस