प्रदेश सेवाका कर्मचारीसम्बन्धी कार्यविधि स्वीकृति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सेवाका कर्मचारीसम्बन्धी कार्यविधि स्वीकृति


१७ असार २०७७, बुधबार


विराटनगर । प्रदेश सेवाका कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि, २०७६ दोस्रो संशोधन गर्न बनेको कार्यविधिलाई स्वीकृति प्रदान गरिएको छ ।

प्रदेश नं १ सरकार मन्त्रिपरिषद्को मङ्गलबार साँझको बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयक, २०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीलाई क्वालिटी ल्याब परीक्षण सञ्चालन गर्न अनुमति दिएको र प्रदेश सरकारका तर्फबाट यस प्रदेशमा प्रदेशस्तरीय स्वास्थ्य ल्याब परीक्षण गर्न सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस