नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ मा


८ असार २०७७, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा साउन २६ र २७ गते हुने भएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले साउन २६ र २७ मा ५४ औँ साधारण सभा गर्ने महासंघ पदाधिकारीको बैठकले निर्णय गरेको बताइन् ।

उनले साधारण सभाका लागि ललितपुरस्थित ह्यारिटेज प्लाजा बुकिङ गरिसकिएको बताइन् ।

पदाधिकारीको निर्णयलाई आजको कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्ने छ । साधारण सभा चुनावीसभा पनि भएको अध्यक्ष राणाको भनाइ छ ।

महासंघको साधारणसभा गत चैत्र २८ र २९ गतेका लागि तोकिएको थियो तर कोरोना महामारीको लकडाउनका कारण स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस