उमा भुजेल पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उमा भुजेल पक्राउ


२१ जेष्ठ २०७७, बुधबार


गोरखा । गोरखा जेल ब्रेककी कमान्डर उमा भुजेललाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ। २० वर्षअघि २०५७ चैत १७ गते जेल ब्रेक गरेर फरार भएकी भुजेललाई बुधवार बिहान गोरखा ल्याइएको गोरखा प्रहरीका एक अधिकारले जनाएका छन् ।

भुजेललाई सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्युरो इन्चार्ज भुजेललाई गत पुसको १२ गते सुनसरीबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि विभिन्न मुद्दामा झापा, धनुषा र कैलाली प्रहरीले नियन्त्रणमा लिँदै मङ्गलवार साँझ गोरखा पठाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस