निरोगी नेपाल निर्माण गर्न योग केन्द्र सञ्चालन गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निरोगी नेपाल निर्माण गर्न योग केन्द्र सञ्चालन गरिने


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । निरोगी नेपाल निर्माण अभियान अघि बढाउन आरोग्य केन्द्र, व्यायाम शाला र योग केन्द्र सञ्चालन गरिने भएको छ ।

आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निरोगी नेपाल निर्माण अभियान अघि बढाउन सुदृढ सार्वजनिक स्वास्थ्य सेवाका अतिरिक्त स्वच्छ र सन्तुलित आहार, शारीरिक व्यायाम, सरसफाइ सहितको स्वच्छ जीवनशैली अवलम्बन गर्न प्रोत्साहन गरिने बताएका छन् ।

आयुर्वेद लगायतका वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गर्न स्थानीय तह एवम् सामुदायिक सङ्घ संस्थासमेतको सहभागितामा आरोग्य केन्द्र, व्यायाम शाला र योग केन्द्र सञ्चालन गरिने उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस