गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित -प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित -प्रधानमन्त्री ओली


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सो कुरा बताएका छन् ।

‘जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै’, उनले सन्देशमा भनेका छन् ‘प्रणाली विकासका क्रममा साना तिना कमीहरू देखा पर्न पनि सक्छन् तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अवश्य नै अनुचित हुन् ।’

हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेकोले इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि नसक्ने उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस