थप ६ जनामा कोरोना पुष्टि : सङ्क्रमितको सङ्ख्या ६८२ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप ६ जनामा कोरोना पुष्टि : सङ्क्रमितको सङ्ख्या ६८२ पुग्यो


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । थप ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौँमा १ गरी कुल थप ६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो।

अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो।

त्यसै गरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

यस्तै नारायणी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको छ। उनीहरू जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौँ महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजेटिभ देखिएको हो। हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६८२ पुगेको छ। ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ नमुना परीक्षण भएका छन्। गत २४ घण्टामा पीसीआर २हजार ९०४ र आरडीटी ५हजार १६६ नयाँ नमुना परीक्षण भएका हुन्।

सबै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा १० हजार ८२७ ,प्रदेश २ मा ६हजार ४६८ मा ,बागमती प्रदेशमा २३ हजार ३१३ ,गण्डकी प्रदेशमा ७हजार ७०१ ,प्रदेश ५ मा १६हजार २१५ ,कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० गरी कुल ९५ हजार १९२ वटा आरडीटी नमुना परीक्षण भएका छन्। क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस