जनकपुर अस्पतालबाट भागे एक कोरोना संक्रमित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनकपुर अस्पतालबाट भागे एक कोरोना संक्रमित


११ जेष्ठ २०७७, आइतबार


काठमाडौं । जनकपुर अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित भागेका छन् । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेको बताइएको छ ।

उनी मानसिक रोगी भएको अस्पतालले बताएको छ । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए ।

उनले शनिबार अस्पतालको सीसीटीभी क्यामेरा पनि फुटाएको अस्पताल स्रोतले बताएको छ ।

भागेका संक्रमितको खोजी कार्य भइरहेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । अहिले जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस