पाकिस्तानमा चालक दलसहित ९८ जना यात्रु सवार विमान दुर्घटना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानमा चालक दलसहित ९८ जना यात्रु सवार विमान दुर्घटना


९ जेष्ठ २०७७, शुक्रबार


इस्लामाबाद । पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार लाहोरबाट कराची आउँदै गरेको विमानबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आई नसकेको बताएका छन् ।

यससँगै पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्त्वपूर्ण जीवनहरू गुमेको’ भन्दै समवेदना दिएका छन् ।

त्यहाँको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरूमा इमरजेन्सी घोषणा गरेको छ ।

दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस