थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०० नाघ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०० नाघ्यो


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा थप २० जनामा कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकारअनुसार डडेलधुरा र बैतडीमा पनि सङ्क्रमण देखिएको छ । डडेलधुराको परशुराम-१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै बाँकेमा १४ जना सङ्क्रमित थपिएका छन् । उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरू मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई( २ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस