संविधान संशोधनको प्रस्ताव संसद्‍मा लैजाने निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संविधान संशोधनको प्रस्ताव संसद्‍मा लैजाने निर्णय


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ। सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संविधानमा रहेको निशान छाप भित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको एक मन्त्रीले बताए । केही दिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली संसद्लाई सम्बोधन गर्दै सो कुरा उल्लेख गरेका थिए र उनले सर्वसम्मत संशोधनको प्रस्ताव पास हुने विश्वाससमेत व्यक्त गरेका थिए ।

संविधान संशोधन संसद्को दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । सरकारले ल्याएको नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसद्मा लैजाने निर्णय भएको ती मन्त्रीले बताए ।

सरकारले भारतले आफ्नो बनाएको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरी सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस