थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण अनुसार नवलपरासी(बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाध, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणग)गा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षीय पुरुषहरू र ८ वर्षीया बालिका रहेका छन् । त्यसै गरी सर्लाही, गौडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२ देखि ३९ वर्षीय पुरुष र १८ वर्षीय महिला रहेको मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस