मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा रहेका नेपाली ल्याउने कार्यविधिबारे छलफल हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा रहेका नेपाली ल्याउने कार्यविधिबारे छलफल हुने


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । केही बेरमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

शुक्रवार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले तयार पारेको कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका, विश्वका विभिन्न मुलुकको श्रम बजारमा रहेका र अहिले अलपत्र हालतमा रहेका नेपालीलाई ल्याउने विषयमा समितिले कार्यविधि तयार पारेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले कार्यविधि नै बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिँदै देशभर रहेका खास गरी स्थानीय तहले बनाएका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकाले सोको व्यवस्थापनपश्चात् मात्रै ल्याउने तयारी गर्न निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस