तीन हजार नयाँ नक्सा छापिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन हजार नयाँ नक्सा छापिँदै


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्दै छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधवार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई निःशुल्क उपलब्ध गराइने भएको छ । बिहीबार नै नक्सा प्रेसमा पठाइ सकिएको छ ।

सरकारले बुधवार नयाँ नक्सा सार्वजनिक सँगै विभागले नक्सा प्रकाशित गर्ने तयारी गरेको थियो । पहिलो चरणमा राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, आयोगलगायत सम्पूर्ण सरकारी कार्यालयहरू, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका देखि वडा कार्यालयसम्म नक्सा निःशुल्क उपलब्ध गराइने विभागले जनाएको छ । उनले बताए । यसपछि आम नागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताका आधारमा विभागले थप नक्सा छापेर बजारमा पठाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस