बाँके र कपिलवस्तुमा ३ जना कोरोना संक्रमित थपिए, कुल ४५७ पुग्यो - प्रशासन प्रशासन
prasaLogo
८ जेष्ठ २०७७, बिहीबार

बाँके र कपिलवस्तुमा ३ जना कोरोना संक्रमित थपिए, कुल ४५७ पुग्यो


प्रकाशित मिति : 21 May, 2020 10:29 pm

काठमाडौँ । बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका -३ का ३२ वर्षका पुरुष, खजुरा -३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस