सिंहदरवार अगाडी प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिंहदरवार अगाडी प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे


८ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सिंहदरवार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरू छुटेका हुन् ।

चिनियाँ नागरिकहरू घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा पक्राउ परेका थिए ।

नियन्त्रणमा नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । त्यस क्रममा सिंहदरवार प्रहरी वृत्तका डिएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस