११ प्रदेशसभा सदस्यको रिपोर्ट पोजेटिभ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

११ प्रदेशसभा सदस्यको रिपोर्ट पोजेटिभ


८ जेष्ठ २०७७, बिहिबार


प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएकाहरूको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रवारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन सुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रवार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस