झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो


८ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमित हुनेमा झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा सङ्क्रमण देखिएको हो । झापामा सङ्क्रमित हुनेहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् भने रुपन्देहीका २७ वर्षीय पुरुष रहेका छन् ।

सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षणहरू छ ।

Tags :
प्रतिक्रिया दिनुहोस