स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई आलोपालो ड्युटीको व्यवस्था « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई आलोपालो ड्युटीको व्यवस्था


८ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई अब आलो पालो ड्युटीको व्यवस्था मिलाइने भएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै अब मन्त्रालयमा आधा कर्मचारीले मात्रै नियमित ड्युटी गर्ने मन्त्रालयले जनाएको छ ।

गत सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक डाक्टरलाईनै कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले थप सतर्कता अपनाएको हो । यो सँगै अब उपसचिव तह भन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर मात्रै ड्युटीमा आउने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए ।

सबै कर्मचारी एकै पटक आउँदा भिडभाड बढ्ने र जोखिम बढी हुने भन्दै आधा कर्मचारीलाई मात्र मन्त्रालय आउने व्यवस्था मिलाइएको उनले बताए । उनले भने, ‘एक दिन एउटा टोलीले र अर्को दिन अर्को दिन अर्को टोलीले ड्युटी गर्ने गरी व्यवस्था मिलाएका छौं ।’ लकडाउन अवधिसम्मको लागि यस्तो व्यवस्था मिलाएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस