वृद्धभत्ता लिन जाँदा एक वृद्धको बैंकमा बेहोश भएर मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वृद्धभत्ता लिन जाँदा एक वृद्धको बैंकमा बेहोश भएर मृत्यु


८ जेष्ठ २०७७, बिहिबार


धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ ।

गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस