नक्कली प्रेस कार्ड बनाएर डाक्टरको घरमा चोरी गर्ने दुई पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नक्कली प्रेस कार्ड बनाएर डाक्टरको घरमा चोरी गर्ने दुई पक्राउ


७ जेष्ठ २०७७, बुधबार


काठमाडौं । नक्कली प्रेस कार्ड बनाएर डाक्टरको घरमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । सुनसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मियालाई प्रहरीले पक्राउ गरेको हो ।

लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

एसपी ईश्वर कार्कीका अनुसार एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो । सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन एक टिभीको प्रेस कार्ड देखाएका थिए ।

अनुसन्धान गर्दा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको एसपी कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस