अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा अधिकारिकरुपमा सार्वजनिक हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा अधिकारिकरुपमा सार्वजनिक हुँदै


७ जेष्ठ २०७७, बुधबार


काठमाडौं । भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरासहितको नक्सा आधिकारिकरुपमा सार्वजनिक हुने भएको छ । आज सरकारले औपचारीकरुपमा नयाँ नक्सा सार्वजनिक गर्न लागेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा आज सार्वजनिक गर्ने लागेको प्रवक्ता जनकाराज जोशीले बताए ।

नयाँ नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ। मन्त्री अर्यालको निर्देशनमा नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले यो नक्सा बनाएको हो।

सोमबार मन्त्री पद्माकुमारी अर्यालको प्रस्तावमा मन्त्रिपरिषदले लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेको थियो ।

सार्वजनिकभएसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस