प्रधानमन्त्री ओली निरीक्षणका लागि छाउनी जाँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली निरीक्षणका लागि छाउनी जाँदै


७ जेष्ठ २०७७, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निरीक्षणका लागि छाउनी जाँदै छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिन उनी छाउनी जान लागेका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

उनले छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिनेछन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स)को स्थापना गरिएको थियो । अप्सले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङदेखि औषधि खरिदसम्मका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस