कालापानी मुद्दा नेपाल–भारत बिचको मामला हो चीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालापानी मुद्दा नेपाल–भारत बिचको मामला हो चीन


७ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । चीनले कालापानीबारे उठेको विवाद नेपाल र भारतबिचको मामला भएको बताएको छ । ‘नेपाल-भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’मङ्गलवार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने ।

नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै उब्जिएको बहस र त्यसअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’विरोध गरिरहेको धारणा आएपछि बेइजिङमा समेत जिज्ञासा उब्जिएको हो ।

‘अझ परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्नु हुँदैन,’प्रवक्ता लिजियानले भने । यसअघि, मङ्गलवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गरेको’जानकारी दिएका थिए ।

चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको र यसले सीमासम्बन्धी प्रश्नमा तथा त्रिदेशीय बिन्दुमा कुनै असर नगर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस