कोरोना सङ्क्रमित र मृतकको ठेगाना खुलाउन सूचना आयोगको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना सङ्क्रमित र मृतकको ठेगाना खुलाउन सूचना आयोगको निर्देशन


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरूको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सङ्क्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना मात्रै सार्वजनिक गर्दा अरू विवरण गोप्य रहेको र त्यसले सङ्क्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना प्रकाशित गर्न निर्देशन दिएको हो ।

सङ्क्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले उनीहरूको स्थायी ठेगानाका साथै अहिले बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो । ‘उनीहरूको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा सङ्क्रमण हुँदाको ठाउँ फरक हुन सक्छ’, निर्देशनमा भनिएको छ, ‘एउटा मात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस