नेपालमा पहिलो पटक चिकित्सकमा पनि देखियो कोरोना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा पहिलो पटक चिकित्सकमा पनि देखियो कोरोना


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । बढ्दो रूपमा कोरोना भाइरस(कोभिड-१९)को सङ्क्रमण नेपालका एक चिकित्सकमासमेत देखिएको छ। ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिपोर्टमा मङ्गलवार कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको बताएका थिए । ती चिकित्सक रोग नियन्त्रण महाशाखाको फिल्डमा कार्यरत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयले ललितपुरका ५ वटा पालिकामा ८ सय व्यक्तिको कोरोना परीक्षण गरेकोमा ३ सयको रिपोर्ट नेगेटिभ आएको छ भने पाँच सयको पीसीआर रिपोर्ट आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस