नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ स्वीकृत « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ स्वीकृत


६ जेष्ठ २०७७, मंगलबार


‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ ’ प्रतिनिधिसभाको आजको बैठकमा सर्वसम्मतिले स्वीकृत भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव स्वीकृत गरियोस् भनी सदनमा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ ले संशोधन भएका केही नेपाल ऐनका व्यवस्थालाई जगाई साविककै व्यवस्था कायम गर्न आवश्यक भएकाले उक्त प्रस्ताव ल्याइएको हो ।

मन्त्री तुम्बाहाङ्फेले नेपाल ऐनको साविकको व्यवस्थालाई जगाउन नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा गत वैशाख १२ गते राष्ट्रपतिबाट जारी भएको केही अध्ययादेश खारेज गरी नेपाल ऐनको साविकको ऐनको व्यवस्था जगाउन उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त अध्यादेश स्वीकृत भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९३ बमोजिम वैशाख २६ गते प्रतिनिधिसभामा पेश भएको संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ का सम्बन्धमा थप कुनै कारवाही गरिरहनुपर्ने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस