थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । नेपालमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङका क्रममा थप सङ्क्रमितको सङ्ख्या पुष्टि गरेको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय २ पुगेको छ ।

थप पुष्टि भएका सङ्क्रमितहरू १७ देखि ४२ वर्ष उमेर समूहका रहेको र जसमध्ये २४ जना पुरुष र ३ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

जसमध्ये काठमाडौँ ३, भक्तपुर १ र ललितपुर एक जना गरी ६ जना उपत्यकामा नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी झापामा ९ जना, मोरङ, सुनसरी, मकवानपुरमा, रामेछापमा, सिन्धुली, लमजुङ, नवलपरासीमा एक–एक जना र कपिलवस्तुमा ४ जना फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस