‘नेपालको स्वाभिमानमाथि निम्छरा वचनहरू नबोलिदिए हुन्थ्यो’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘नेपालको स्वाभिमानमाथि निम्छरा वचनहरू नबोलिदिए हुन्थ्यो’


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाभिमानमाथि कुनै पनि देशले निम्छरा शब्द नबोलिदिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालको स्वाभिमानमाथि ठेस पुग्ने अभिव्यक्ति नदिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपालको अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचनहरू कुनै पनि देशले नबोलिदिए हुन्थ्यो ।’

‘यो सरकार जनतले बनाएको हो, जनताबाट निर्वाचित हो, कुनै पनि देशको आशिर्वादबाट बनेको, बन्ने, टिक्ने, अडिने, ढल्ने कल्पना नगरे हुन्छ, यो जनताको इच्छाको प्रकटीकरण हो’ उनले भने

यस्तै उनले नेपालको उत्तरी सीमामा भारतीय सेनाको उपस्थिति गराएको र मन्त्रिपरिषद्मा राजदूत राखेको प्रसंग स्मरण गरे ।

‘मुलुकको स्वाधिनता एहसास त के परिकल्पना गर्न नसक्ने हुनु हुँदैन । कुनै देशको भूगोल ठूलो वा सानो हुनसक्छ, जनसंख्या ठूलो वा सानो हुनसक्छ । विकासमा अगाडि वा पछाडि हुनसक्छ’ उनले भने, ‘स्वाधिनता सानो वा ठूलो हुन सक्दैन । सबैले समानरूपमा स्वाधिनता प्रयोग गर्न पाउनुपर्छ । आफ्ना र विश्वसँग सम्बन्धित नीति आफूले तय गर्न पाउनुपर्छ ।’

नेपाल दुई बलिया देशको बीचमा भएकाले देखावटी राष्ट्रवाद, लम्पसार राष्ट्रवादको बाटो समाउन नहुने बताउँदै उनले राष्ट्रवादी नै नहुने बाटो समाउन नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस