आजदेखि पर्सामा इ-पास खारेज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजदेखि पर्सामा इ-पास खारेज


६ जेष्ठ २०७७, मंगलबार


वीरगञ्ज । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय पर्साले सबै इ–पास खारेज गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको बताए ।

अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण नगरिने सहायक प्रजिअ बस्नेतले बताए । उनले अत्यावश्यक कामका लागि सवारी पास आवश्यक परे कारणसहित इमेलमार्फत आवेदन दिन सकिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस