देखाउनका लागि नभई फिर्ता लिनकै लागि गरिएको हो, हाम्रो भूभाग फिर्ता लिन्छौ -प्रधानमन्त्री ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देखाउनका लागि नभई फिर्ता लिनकै लागि गरिएको हो, हाम्रो भूभाग फिर्ता लिन्छौ -प्रधानमन्त्री ओली


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको नेपाली भूभाग फिर्ता लिएरै छोड्ने अठोट गरेका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘यो कुनै तमासा गरिएको होइन, देखावा गरिएको होइन, यथार्थमा फिर्ता लिनका लागि गरिएको हो हाम्रो भूभाग हामी फिर्ता लिन्छौँ ।’

लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको भूमि भएको र फिर्ता लिन ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाई छ ।

‘लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको भूमि हो’ प्रधानमन्त्री ओलीले भने, ‘फिर्ता लिनेछौ र त्यो भूभागसमेत सामेल गरेर नेपालको नयाँ नक्सा कायम गर्ने नीति तथा कार्यक्रम आइसकेको छ ।’

उनले यो कुनै चलाखीको तथाकथित राष्ट्रवाद देखाउनसमेत नभएको प्रस्ट्याएका छन् । ‘चलाखीको तथाकथित राष्ट्रवाद देखाउन यो गरिएको होइन’, उनले थपे, ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यासका प्रचलनहरू देखि आएको भोगिआएको परिस्थितिमा त्यस्तो आकलन गर्नु त्यति अस्वाभाविक होइन होला ।’

संविधानको अनुसूची ३ संशोधन तत्काल गरिने र संसद्ले त्यो पारित गर्ने समेत उनको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस