मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


प्रशासन संवाददाता

६ जेष्ठ २०७७, मंगलबार


कञ्‍चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्‍चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म.२प ५२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वेदकोट नगरपालिका ३ का मोहन चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि वेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस