उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्रीका लागि रोष्ट्रममै कुर्सी राखियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्रीका लागि रोष्ट्रममै कुर्सी राखियो


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएपछि रोष्ट्रममै कुर्सी राखिएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे। तर उनले रोस्ट्रमबाटै बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रममै व्यवस्था गरिदिन आग्रह गरे । त्यसपछि उनलाई रोष्टममै कुर्सीको व्यवस्था गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस