चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु


६ जेष्ठ २०७७, मंगलबार


चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयुमा एक बिरामीको मृत्‍यु भएको छ । रौतहट परोहा नगपालिका ८ घर भएका ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्युको कारण भने खुलेको छैन ।

चार महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार राति ९ बजे भरतपुर अस्पताल भर्ना गरिएको बताइएको छ ।

क्यान्सरको आशंकामा उनलाई बीपी कोइराला अस्पताल लैजाने तयारी गरिएको थियो ।

उनको सोमबार स्वाब संकलन गरी भरतपुरको कोरोना भाइरस (कोभिड १९) परीक्षण प्रयोगशाला पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस