प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार प्रदेश १ मा ११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणके पुष्टि भएको हो ।

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन्

कोशी अस्पताल विराटनगरमै पीसीआर परीक्षण गरिएका ९ जना झापाको केचनकवल गाउँपालिकाका हुन् ।

सोमबार एक युवकमा कोरोना पुष्टि भएपछि युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको बताइएको छ ।

त्यस्तै सुनसरीका दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको थियो । उनीहरुमा पनि पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । कोरोना पोजेटिभ देखिने इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी भएको बताइएको छ ।

योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस