कपिलवस्तुमा पनि थप ४ जनमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कपिलवस्तुमा पनि थप ४ जनमा कोरोना संक्रमण पुष्टि


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । मंगलबार कपिलवस्तुको मायादेवीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका वडा नं. ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

मायादेवी गाउँपालिका वडा नं. ४ का ४०, ४२ र ४५ वर्षिय पुरुष र वडा नं ३ का २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

भारतको मुम्बईबाट १४ दिन अगाडी आएका उनीहरु मायादेवी गाउँपालिकास्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरुको आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिए पछि कोरोना पुटि भएको प्रजिअ पौडेलले बताएका हुन् । क्वारेन्टाइनमा रहेका १६ थिए । जसमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस