६२ वर्षीय पुरुषले जिते कोरोनासँगको लडाइँ, अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

६२ वर्षीय पुरुषले जिते कोरोनासँगको लडाइँ, अस्पतालबाट डिस्चार्ज


६ जेष्ठ २०७७, मंगलबार


विराटनगर । कोरोना संक्रमणबाट उपचारपछि निको भइ थप एक जना डिस्चार्ज भएका छन् । प्रदेश १ विराटनगरस्थित कोशी अस्पतालबाट झापा दमक–३ का ६२ वर्षीय देउमान मङ्ग्राती उपचार पछि निको भइ डिस्चार्ज भएका हुन् ।

उनी कोरोना संक्रमणपछि अस्पताल भर्ना भएको २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको पहिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

६२ वर्षीय मङ्ग्रातीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ ।

अस्पतालमा हाल २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस