राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई दियो ३० दिने अल्टिमेटम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई दियो ३० दिने अल्टिमेटम


प्रशासन संवाददाता

६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई ३० दिने अल्टिमेटम दिएका छ । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको म्याद (अल्टिमेटम) दिएका हुन्।

ट्रम्पले डब्ल्यूएचओले समयमै माग पूरा नगरे अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र सामाजिक सञ्जाल ट्विटरमा पोष्ट गरेका छन् ।

ट्रम्पले डब्ल्यूएचओलाई विभिन्न आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले डब्ल्यूएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै डब्ल्यूएचओको सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस