रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना परीक्षणका लागि नमुना पठाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना परीक्षणका लागि नमुना पठाइयो


६ जेष्ठ २०७७, मंगलबार


रोल्पा। रोल्पामा एक युवकको आइसोलेसनमै मुत्यु भएको छ । आइतबार आइसालेसनमा भर्ना गरिएका रोल्पा नगरपालिका १ का २२ वर्षीय युवकको सोमबार दिउँसो मृत्यु भएको रोल्पा अस्पतालले जानकारी दिएको छ ।

उनी मृर्गौला पीडित थिए । मृर्गौला पीडित उनको काठमाडौंबाट डाइलाइसिस गरेर जिल्लाकै अस्पताल रोल्पा लगिएको थियो । रोल्पा अस्पतालमा उनलाइ आइसोलेसनमा भर्ना गरिएको थियो ।

तर ति युवक कोरोना संक्रमित हुन की होइनन् भनि पत्ता लगाउन उनको नमूना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । रिपोर्ट आएपछि मात्रै कोरोना हो होइन थाहा हुने रोल्पा अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस