मन्त्रिपरिषद्‍द्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा स्वीकृत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्‍द्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा स्वीकृत


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।

आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पदमा अर्यालले प्रस्तुत गरेको नक्सा सोमबार अपराह्न बसेको बैठकले पारित गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

अब यही नक्साबमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस