नागढुंगामा स्वास्थ्यकर्मी कार्कीमाथि दुर्व्यवहार गर्नेलाई पाँच दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागढुंगामा स्वास्थ्यकर्मी कार्कीमाथि दुर्व्यवहार गर्नेलाई पाँच दिन हिरासतमा राख्न अनुमति


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । हेटौँडास्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार प्रशासन कार्यालय काठमाडौँले उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

अभद्र व्यवहारको मुद्दामा प्रशासनबाट पाँच दिनको म्याद थप भएको उनले बताएका छन् ।

गत शुक्रवार स्वास्थ्य सामाग्री लिन काठमाडौँ आउँदै गरेका निर्देशक कार्कीमाथि नागढुंगामा उत्तम कार्की लगायतको समूहले प्रहरीकै अगाडी झोला खानतलासी गर्नुका साथै अनधिकृत चेक जाँच गर्दै दुर्व्यवहार गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस