सिन्धुली अस्पतालका पाँच कर्मचारीमा र्‍यापिड टेस्ट पोजिटिभ, पीसीआर गर्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिन्धुली अस्पतालका पाँच कर्मचारीमा र्‍यापिड टेस्ट पोजिटिभ, पीसीआर गर्ने तयारी


५ जेष्ठ २०७७, सोमबार


सिन्धुली । सिन्धुली अस्पतालका पाँच कर्मचारीको र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ देखिएको छ । सोमबार सिन्धुली अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट अनुसार पाँच जनामा कोरोना पोजिटिभ देखिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिएका छन्।

उनले भने, ‘अस्पतालले आफ्ना स्वास्थ्यकर्मीसहित अन्य कर्मचारीहरुमा गरेको र्‍यापिड टेस्टमा पाँच जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। कर्मचारीहरुको र्‍यापिड टेष्ट गर्नेकार्य भइरहेको छ।’

यस्तै सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारी सबैलाई सजक रहन र धैर्य गर्न आग्रह गरेका छन् । डाक्टर भण्डारीले भने, ‘अस्पतालका कर्मचारीहरुको र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ। सबै कर्मचारीको टेस्ट सकिन अझै केही समय लाग्छ। यस्तो अवस्थामा सबै सजक र धैर्य हुनु जरुरी छ।’

डाक्टर राजभण्डारीले र्‍यापिड टेस्ट गर्दा पोजिटिभ आएकाहरुको पुनः र्‍यापिड टेस्ट गर्ने र पीसीआर टेष्टका लागि थ्रोट स्वाब संकलन गर्ने र परीक्षणमा पठाउने कार्यपनि तत्काल गरिने बताएका छन् ।

यस्तै उनले अस्पतालकै कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुली अस्पताललाई उच्च सतर्कता अपनाउँदैअस्पताललाई सिल गर्ने की कसरी सेवा प्रबाह गर्ने भन्ने विषयमा कुरा भइरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस