अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : राष्ट्रपति ट्रम्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : राष्ट्रपति ट्रम्प


५ जेष्ठ २०७७, सोमबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने– ‘अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्– ‘यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।’

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ ।

अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस